टेण्डी ब्राण्डका सिसीटिभी क्यामेरा बिक्रेताहरुलाई नलेज शेयरिङ प्रोग्राम
पाेखरा | पुस २७, २०८१
पोखरा: टेण्डी ब्राण्डको सिसीटिभी क्यामेराका बिक्रेताहरुका लागि नलेज शेयरिङ प्रोग्राम पोखरामा सम्पन्न भएको छ ।
पोखराको न्युरोडमा रहेको आयुषा ईन्टरनेश्नलकोे आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सिसिटिभि जडान प्रक्रिया, सिसिटिभिका विशेषता लगायतको बारेमा जानकारी दिईएको थियो ।
टेण्डी नेपालका लागि आधिकारीक बिक्रेता हाइटेक इन्टरनेश्नलको सहयोग र गण्डकी प्रदेशका लागि आधिकारिक बिक्रेता आयुषा इन्टरनेश्नलको आयोजनामा उक्त कार्यक्रममा गण्डकी प्रदेशका ८० वटा बिक्रेताहरुको उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा बोल्दै हाइटेक इन्टरनेश्नलका प्रमुख हरि कुमार श्रेष्ठले हाइटेकले मेमोरी, पेनड्राइभबाट शुरु गरेको ब्यापार, कम्प्युटर र ल्यापटप र ग्याजेटका प्रोडक्टहरु इन्पोर्ट र होलसेलको काम गर्दै आइरहेको र पछिल्लो समय टेन्डी सिसिटीभी क्यामेराको बिक्रीवितरण गर्दै आइरहेको बताए ।
नेपालमा टेन्डी ब्राण्डले बजार पाइरहेको सन्दर्भमा प्रवद्र्धन गर्दै बिक्री वितरण गर्ने काम गर्दै आइरहेको र ब्यापारको हिसाबले टेण्डी धेरै राम्रो ब्राण्ड बनेको बताए ।
टेण्डी ब्राण्ड क्वालिटीमा राम्रो रहेकाले ग्राहकहरुको रोजाइमा परेको श्रेष्ठको भनाइ थियो ।
ब्यापार गरेर सरकारलाई कर तिर्न समेत बिक्रेताहरुलाई आग्रह गर्दै श्रेष्ठले ग्राहक सन्तुष्ट रहेको खण्डमा प्रोडक्टलाई प्राथमिकतामा राखेर काम गर्न समेत बिक्रेताहरुलाई आग्रह गरे ।
ब्राण्डकै कारण बजारमा लोकल ब्राण्डका सिसिटिभी क्यामेराहरु विस्थापित भइसकेको उनको भनाइ रहेको थियो ।
कार्यक्रममा टेण्डी टेक्नोलोजीस कम्पनी लिमिटेडका नेपालका लागि सेल्स डाईरेक्टर नवीन भण्डारी र नेपालका लागि आधिकारिक बिक्रेता हाईटेक ईन्टरनेश्नलका टेक्निकल म्यानेजर शिव बस्ताकोटीले सिसिटीभी क्यामेराको जडान प्रविधी, हालै बजारमा आएका सिसिटिभी क्यामेराको प्रविधीको बारेमा बिक्रेताहरुलाई जानकारी दिएका थिए ।
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

